FAQs Complain Problems

वडा नं ७

 

बाँसगढी नगरपालिका वडा नं ७ साविकका गा वि स १,६ र ८ मिलेर वनेको वडा हो । यस वडा कार्यालय २८°२४'३१'' उत्तरी अक्षांस ८१°४६'३५''  पुर्वि देशान्तर र समुन्द्रि सतह देखि १३६.७ M उचाइमा रहेको छ । साविकको डेउढाकला गा वि स भवननै हाल यस वडा कार्यालय हो । 

यस वडा अन्तर्गतका ठुला गाँउहरुमा बड्कीडेउढा, छोट्की डेउढा, वसन्तपुर गाँउ, राधाकृष्ण टोल, हरैया टोल, सगाहपुर, कालावन्जर, बाउनपुर, चौधरीपुर, गौरीपारा आदी पर्दछन ।

 

यस वडाको सिमाना पूर्वमा दमौली नयाँ वस्ती, पश्चिममा हरैया गाँउ भागीराम थारुको घर, उत्तरमा राधाकृष्ण टोलको रामहर्क थारुको घर, र दक्षिणमा गौरीपारा गाँउको सिमाना पर्दछ । उत्तरी भागमा यस वडालाइ छिमेकी गाँउपालिका वढैया गाँउपालिकाले छोयको छ । वडामा प्राय गरेर थारु, नेपाली, मधेसी आदि भाषा प्राय वोल्ने गरिन्छ । यस वडा क्षेत्रमा वढि जसो मधेसी र थारु जातिको वाहुल्यता बढी रहेको छ ।

 

यस वडा अन्तर्गतका सामुदायिक वनहरु बन बर्दियम सामुदायिक वन डेउढा, चकियाबाबा सामुदायिक वन छोट्की डेउढा, माहादेवा युवा सामुदायिक वन छोट्की डेउढा, गणेशशक्ती सामुदायिक वन कालाबन्जर, निलकण्ठ सामुदायिक वन सघाहपुर बाउनपुर, दशरथ सामुदायिक वन गौरीपारा, चौधरीया सामुदायिक वन चौधरीपुर आदी रहेका छन ।

 

यस वडा अन्तर्गतका संघसस्थाहरुमा शिलशिला महिला वचत उधमशिल तथा ऋण सहकारी संस्था लि डेउढा, लालि युवा क्लव छोट्की डेउढा, वसन्तपुर युवा क्लव वसन्तपुर, मधेसी महिला सख्खी समाज सुधार सहकारी संस्था सघाहपुर आदी रहेका छन ।

यस वडामा मा वि विद्यालयमा भिकृटी मा,वि डेउढाकला मात्र एक विद्यालय रहेको छ । प्रा वि विद्यालयहरुमा काली गण्डकी आधारभुत विद्यालय रहेको छ । नि मा वि विद्यालयमा दशरथचन्द नि मा वि गौरीपारा आदी रहेका छन । सिचाइका निमित्त बबै सिचाइ आयोजना रहेको छ ।

यस वडामा प्राचिन भनाइ अनुसार १०० वर्ष भन्दा अगाडी झुर्रा थारुको घरमा बाँझो खेतमा जोत्दा हलो अड्किएको र खनेर हेर्दा भगवानको मुर्ति फेला परेको र त्यसलाइ भगवानको रुप मानी पुजा गर्ने चलन रहेको छ ।

 

Nepali
Ward Contact Number: 
9858081307
वडा नं ७ काे नक्सा
Weight: 
0

वडा पदाधिकारी

बलिराम चौधरी
वडा अध्यक्ष
ward7@bansgadhimun.gov.np
सरिता तिवारी
कार्यापालिका सदस्य
9845305596
गगन सि वि क
कार्यापालिका सदस्य
9824576426
सुर्य बहादुर थापा
खरिदार
ward7@bansgadhimun.gov.np
9848370810
सावित्री थारु
वडा सदस्य
9745637084
तेजराम थारु
वडा सदस्य
9806250574
कृष्ण राज ढकाल
नायब पशु सेवा प्राविधिक
krisnadhakal8989@gmail.com
9848171474